एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा सदस्य चुनावमा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज बिहीवार आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले गण्डकीलाई देशका सात प्रदेशमध्येमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरुप बनाउँदै नेतृत्वका बीचमा व्यक्तिगत मिठासपूर्ण व्यवहार हुन सके राम्रो सन्देश जानेछ । गण्डकी प्रदेशमा हिजोको परम्परा प्रतिपक्षी दलले निभाउने विश्वास गरेको छु ।’
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले निर्वाचित सदस्यले संविधानको व्यवस्थाअनुसार ६ वर्षको कार्यकालमा देश, सरकार र जनताको हितमा काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेकपा (एमाले) का प्रदेश अध्यक्ष नवराज शर्मा र माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ तथा प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचित सदस्यले देश, जनता र राष्ट्रको हितलाई सोचेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभाको हिजो बुधवार भएको चुनावमा गण्डकी प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त, अन्य समूहमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर र दलिततर्फ माओवादीका भुवनबहादुर सुनार विजयी हुनुभएको थियो । विजयी तीनै जना उम्मेदवारलाई मुख्यमन्त्री पोखरेल र निर्वाचन अधिकृत जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले प्रमाणपत्र वितरण तथा माला र खादा लगाएर सम्मान गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।