हुम्ला : हप्ता दिनदेखि विद्युत् सेवा बन्द हुँदा याङ्गु गाउँ दियालोको भरमा

 माघ १४, २०७८ शुक्रबार ८:१०:१४ | रासस
unn.prixa.net

हुम्ला - एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङ्गु गाउँका स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

हप्ता दिनदेखि विद्युत् सेवा बन्द भएपछि सिमकोट गाउँपालिका–८ काे याङ्गु गाउँका बासिन्दाअन्धकारमा बस्नु परेकाे हाे । 

विद्युत् सेवा बन्द भएपछि सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरण भएकाे लाइनमा समस्या आएपछि विद्युत् प्रवाह हुन सकेको छैन । विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन एक हप्तादेखि बन्द हुँदा आफूहरूलाई निक्कै समस्या परेकाे स्थानीय हर्कवीर शाहीले बताउनुभयोे । 

करिब ६० घरधुरी भएको यस गाउँमा अहिले १५ घरधुरीले विद्युत् सेवा पाएका छन् भने अन्य ४५ घरधुरी अन्धकारमा बस्न बाध्य भएका उहाँले जानकारी दिनुभयो । विद्युत् आपूर्ति नभएको करिब एक हप्ता भइसक्दा पनि प्राधिकरणको हेल्दुङ वितरण केन्द्रले वास्ता नगरेको हर्कवीरको गुनासो छ।

पटक–पटक विद्युत् वितरण केन्द्रमा मर्मतका लागि आग्रह गर्दासमेत आफूहरूको मागको सुनुवाइ नभएकाे उहाँले बताउनु भयाे । 
 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया