छुटेका विद्यार्थीलाई खोप लगाउँदै काठमाण्डाै महानगर

 माघ १५, २०७८ शनिबार १५:२५:२० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ ।

खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ । कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन् ।

खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १० गते जारी गरेको सूचनाअनुसार आजदेखि माघ २० गतेसम्म विद्यार्थीका लागि खोप कार्यक्रम सञ्चालन गर्नेअनुरुप कामपाले खोप कार्यक्रमका लागि स्थान निर्धारण गरेको हो । कोराना महामारीका कारण अहिले देशभरिका विद्यालय बन्द छन् । खोप कार्यक्रमका लागि विद्यालय खोले पनि पठनपाठनका लागि भने वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिन कामपाले सबै  विद्यालयलाई अनुरोध गरेको छ ।

हाल कामपामा १२ देखि १७ वर्ष उमेर समूहका झण्डै ६५ हजार बालबालिका छन् । झण्डै ५० हजारले पहिलो चरणको खोप प्राप्त गरेको शिक्षा अधिकारी सुवेदीले जानकारी दिनुभयो । हाल कामपामा ९० सामुदायिक विद्यालय छन् भने पाँच सय भन्दा बढी निजी विद्यालय छन् । 

 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया