अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने
पुस २६, २०८१ शुक्रबार
चितवन - चितवनका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापीको काम सुरु गर्न लागेको हो ।
आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालीका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई हिजाे प्रशिक्षण दिएको थियो ।
आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार भरतपुरका छ वडा, कालीका र माडीका ३/३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ ।
भरतपुरमा ३५ दिन, कालीका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरी सम्बन्धित पालिकामा लगत बुझाउने गरी योजना बनाइएको छ । पालिकाले जिल्लामा रहेकाे राष्ट्रिय भूमि आयोगमा लगत पठाउने छ ।
तिमिल्सिनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।