एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
रसुवा - हवाईमार्गबाट गोसाइँकुण्ड जाने तीर्थयात्रु हिमपात र हावाहुरीका कारण प्रभावित भएका छन् ।
हेलिकप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक–पटक स्थगन गर्नुपरेको हेलिकप्टर कम्पनीहरूले जनाएका छन् ।
एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने नजिक रहेको तीर्थ गोसाइँकुण्ड भए पनि उडानको समयमा हिमहुरी, सेतो हुस्सुले समस्या बनाउने गरेकाले मौसमको प्रकृति हेरी उडान भर्दै आएको जनाइएको छ । सिम्रिक, हेलिअल्टिच्युड, कैलाश, डानेष्टिक, माउण्टेनसमेतका हेलिकप्टर कम्पनीले आइतवारका दिन तय गरेको धार्मिक उडानसमेत हिमहुरी चलेका कारण स्थगन गर्नुपरेको सम्बन्धित कम्पनीले जनाएका छन् ।
दुई दिनअघि परेको हिमपातले गोसाइँकुण्ड ताल पूरै बरफ भएको छ । डाँडापाखा पूरै सेताम्मे बनाएको र उच्च भागको सतहमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको स्थानीय बासिन्दाले बताएका छन् । अत्यधिक हिमपातका कारण गोसाइँकुण्डमा रहेका चारवटा होटलसमेत बन्द गर्नुपरेको होटल व्यवसायी कामीसितार तामाङले बताउनुभयो ।
धार्मिक मान्यताअनुरूप जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने गोसाइँकुण्ड तीर्थमा पैदलमार्गबाट जान नसक्नेका लागि पछिल्लो समय मौसमको अवस्था हेरेर हेलिकप्टर कम्पनीले उपलब्ध गराएको पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । अत्यधिक हिमपातका कारण पैदलमार्गबाट गोसाइँकुण्ड जाने भक्तजनको ओहोरदोहोर रोकिएको छ ।
विशेषगरी चन्दनबारीबाट माथिल्लो भाग लौरीविनायक, बुद्व मन्दिर, तेरसो ककरोभिर हुँदै कुण्डसम्मको धार्मिकमार्ग हिमपातले पूरै छोपेको छ । पानीका पाइपसमेत हिउँले छोपिएका कारण चोलाङपाटीबाट लौरिविनायक एवम् गोसाइँकुण्डका होटलसमेत बन्द भएका स्थानीयवासी बताउँछन् । यस्तै सदरमुकाम धुञ्चेसमेतका तल्लो क्षेत्रमा यही शुक्रवार र शनिवार परेको हिउँ भने पग्लिँदै गएको छ ।
समुद्री सतहबाट करिब चार हजार फिटसम्मका हिउँ पग्लिएपछि पैदलयात्रीलाई सहज भएको स्थानीय रेशम तामाङले बताउनुभयो । होचो ठाउँका हिउँ पग्लिएपछि चरण क्षेत्र खुला भइ पशु आहारमा समेत सहज हुँदै आएको पशुपालक किसानले जानकारी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।