एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
रुकुम पूर्व - गएको हप्तादेखि हिमपातका कारण बन्द भएको शहीद मार्ग सञ्चालनमा आएको छ ।
रुकुम पूर्वको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको सिमानामा पर्ने याे सडकको रिका खण्ड सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले बन्द शहीद मार्ग पुनः सञ्चालन आएको जानकारी दिनुभयो ।
बर्सेनि हिमपातका कारण शहीद मार्गको याे खण्डमा सडक अवरुद्ध हुनेगर्छ ।
हिमपातकै कारण बन्द भएको मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना खण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।