एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन् ।
काठमाण्डौ महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीवार बिहान गाडी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो।
महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुमा दुर्घटना गरी फरार रहेको गाडी र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा पक्राउ गरिएको जानकारी दिनुभयो ।
वाग्मती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाण्डौ रुटमा चल्ने बसको ठक्करबाट काठमाण्डौ तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने रसुवा कालीका गाउँपालिका–५ घर भएका १८ वर्षीय विकास तामाङ र काठमाण्डौ महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गामाया थापाको ज्यान गएकाे थियाे ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा ज्यान गएकाे महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको मिश्रले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।