एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
रुकुम पूर्व - तीन हप्तादेखि बन्द मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ ।
लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक फेरि सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समयसम्म सडक बन्द हुनपुगेको हो ।
एक हप्ता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालनमा आएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिनुभयो । गाउँपालिकाको इन्धन सहयोगमा याे खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढाले बताउनुभयो । उहाँका अनुसार वडा नं १ को लामाक्याङबाट रुकुमपूर्व र बाग्लुङको सिमाना पातीहाल्नासम्मको अन्दाजी आठ–नौ किलोमिटरमा जमेको हिउँ पन्छाइएको हो।
यस खण्डमा साढे दुई फिटदेखि लिएर पाँच फिटसम्म हिउँ जमेको थियो । मध्यपहाडीको महत्त्वपूर्ण खण्डमा हिउँ जम्दा यात्रु समस्यामा परेका थिए । त्यही समस्यालाई मध्यनजर गर्दै गाउँपालिका, निर्माण कम्पनी, प्रहरी, प्रशासनको समन्वयमा सडक सञ्चालन गरिएको हो । हरेक वर्षको यही समयमा हिउँले मध्यपहाडी लोकमार्गको लकुम–पातीहाल्ना खण्ड बन्द हुँदा यात्रुले समस्या झेल्दै आइरहेका छन् ।
सडकमा जमेको हिउँ पन्छाएसँगै हिजाेदेखि नियमितरूपमा रुकुमपूर्व र रोल्पाबाट पोखरा–काठमाण्डौ गाडी चल्न थालेको यातायात व्यवसायीले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।