आयरल्यान्ड र यूएई टी–२० विश्व कपमा छनाेट

 फागुन १०, २०७८ मंगलबार १९:३४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) ले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने भएका छन् ।

आज मङ्गलवार भएकाे खेलमा आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै विश्व कप क्रिकेट खेल्न पाउने भएकाे हाे । आयरल्यान्डले दिएकाे एक सय ६६ रनकाे लक्ष्य पछ्याएकाे ओमानले १८ दशमलव ३ बलमा अलआउट हुँदै एक सय ९ रन मात्र बनाउन सक्याे । यसअघि टस हारेर ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६५ रन बनाएकाे थियाे । 

यस्तै आज नै भएकाे अर्काे खेलमा यूएईले नेपाललाई ६८ रनले हराउँदै विश्व कप क्रिकेट खेल्न पाउने भएकाे हाे । यूएईले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै एक सय सात रन मात्र बनाउन सक्याे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनाएकाे थियाे । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया