अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
चितवन - चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती क्षेत्रकाे शिव मन्दिर नजिकै सिसौको बोटमा सल्ने बगेडी चरा फेला परेको हो ।
नेपाल पक्षी विद् सङ्घ वाग्मतीका संयोजक वासु विडारीका अनुसार हिमाली क्षेत्रमा पाइने यो चरा चितवनमा पहिलो पटक भेटिएको हो । हिमाली क्षेत्रमा चिसो बढेको र खानाको अभाव भएपछि यहाँ झरेको हुनसक्ने संयोजक विडारीको भनाइ छ । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका विडारीका अनुसार फोटोग्राफर चूडामणि चौधरी र प्रेम बम्जनले तस्बिर खिचेर ल्याएपछि विज्ञ टोलीले हेरेर पहिचान गरिएको हो ।
यो चरा समुद्री सतहबाट दुई हजार ४४० देखि तीन हजार ५० मिटर उचाइमा पाइने गर्दछ । अनुगमनका क्रममा एक जोडी सल्ने बगेडी फेला परेको बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिनुभयो । नेपालमा १५ प्रजातिको बगेडी पाइने गरेकामा योसमेत चितवनमा मात्र १० प्रजातिको बगेडी पुगेको छ । लजालु स्वभावको यो चरा घाँसे मैदान र खेतबारीको वरिपरि पाइने गर्दछ ।
खासगरी यो चरा युरेपेली देशमा पाइने र नेपाललगायत एसियाको चीन, अफगानिस्तानमा पनि पाइने गरेको छ । यो नयाँ प्रजातिको बगेडी फेला परेपछि जिल्लामा ६५९ प्रजाति चरा पुगेको चौधरीले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र चराका लागि उपयुक्त बासस्थान मानिन्छ । यहाँ वन्यजन्तुसँगै चरा अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।