मिस्टर नेपालको अडिशन शुरु : फेसनकाे क्षेत्रलाई पनि सरकारले सहयाेग गर्नुपर्ने सराेकारवालाकाे माग

 फागुन २८, २०७८ शनिबार १६:२९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आजदेखि मिस्टर नेपाल २०२२ काे अडिशन सुरु भएकाे छ । शनिवार काठमाण्डौमा अडिशन शुरु भएको हाे ।

अडिशनका क्रममा आफ्नाे धारणा राख्दै सरोकारवालाहरुले नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली व्यवसायीलाई नै सहयोग पुग्ने बताउनुभयो ।

कोभिड पछि खुल्दै  गरेको बजार र व्यवसायमा सरकारको सहयोग भए व्यवसायीहरुको मनोबल उच्च हुने उहाँले बताउनु भएको हो । उहाँले अन्य छिमेकी देशहरुमा राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनु पर्ने बताउनुभयो । आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यस पटक मिस्टर नेपालले मिस्टर वर्ल्डको बाटो खुला गरेको पनि बताउनुभयो ।

‘मिस्टर नेपाल २०२२ लाई राष्ट्रिय स्तरबाट पनि केही सरकारकाे सहयाेग भइदियो भने सहज हुन्थ्यो । छिमेकी राष्ट्र भारत, चीन, कोरिया लगायतका देशमा सरकारको तर्फबाट राष्ट्रिय तहको प्रतियोगिताहरुलाई सिधा सरकारले सहयोग गरिरहेको हुन्छ' उहाँले भन्नुभयाे, ' नेपालमा यस खालको अप्रोच नभएको मैले देखिरहेको छु । यो प्रोग्रामले विश्वभर नेपाललाई चिनाउँछ, यसलाई सहयोग गर्न नेपाल सरकारबाट पनि केही हामीलाई सहयोग होस् भन्ने अपेक्षा गरेका छौँ । यसले यो कार्यक्रम गर्ने मान्छेलाई पनि उर्जा आउँथ्यो ।’

मिस्टर नेपालले आजबाट मिस्टर नेपालको अडिशन शुरु गरेको छ । काठमाडौंबाट शुरु भएको अडिशन देशभर नै गर्ने पनि आयोजक आयोजक धमलाले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया