पल शाहविरुद्ध तेस्रो पटक म्याद थप

 चैत ४, २०७८ शुक्रबार १६:२४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका अभिनेता पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ । शाहविरुद्ध आज शुक्रवार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । 

शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । शाहविरुद्ध गएकाे फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ । 

सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ । यस्तै अनुसन्धानका लागि पक्राउ परेका शाहका व्यवस्थापक कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Thaman Gurung

    March 18, 2022, 5:05 p.m.

    क्यारुम्तनी ! अब एस बाट छर्लङ्ग भयो कि पल ज्यु ले नाबालिका माथी गिद्दे नजर लगाएकै रहेछ्न भन्नू परो । फिल्म युनिटले नि त नाबालिका लाई अभिभाबक को साथ बस्ने प्रबध गरिदिनुपर्ने हो क्यारे । पल ज्यु ले पनि धेरै गल्ती गरेकै हुनुपर्छ अलिकती आफ्नो बड्दो लोकपृयता लाई ख्याल गर्नु पर्थ्यो । शत्प्रतिशत पल ज्यु ले झुट्ठा आश्वाशन देखाएर नाबलिका सङ्गा सहमती मै सहबाश गरेको र पछि पल ज्यु ले बिस्तारै बेवस्ता गरेपछी पछि नाबालिका ले अब इन ले बिश्वाश्घात गर्नी भो भन्ने ठाने पछि मात्र उजुरी हालेको कुरो देखियो यहिकुरो आहिले आएर बलत्कार म परिनित भो । क्यारुम्तनी ।

  •  0 Reply
  • Hari gharti

    March 18, 2022, 4:29 p.m.

    गल्ति केटिको पनी छ एक शाल पहिले को सहमतिमा सम्बन्ध भयो होला अहिले इयर बलत्कार को केश गर्नु ठिक होईन

  •  0 Reply

तपाईको प्रतिक्रिया