यूएईसँग नेपाल ९९ रनले हार्‍याे, आज पनि ब्याटिङ चलेन

 चैत ७, २०७८ सोमबार १७:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँगको एकदिवसीय क्रिकेटमा नेपाल ९९ रनले पराजित भएकाे छ ।

यूएईले दिएकाे दुई सय तीन रनकाे लक्ष्य पछ्याएकाे नेपाल ओभरमा अलआउट हुँदै एक सय तीन रनमा सीमित भयाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । यस्तै आरिफ शेख र साेमपाल कामी समान १५/१५ रन बनाएर आउट भए । बलिङतर्फ यूएईका जुनेद सिद्दिकीले चार विकेट लिए । यस्तै काशिफ दाउद र अहमद राजाले समानदुई–दुई विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रन बनायो । यूएईका रोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वसीमले ३३, चिराग सुरीले २६ र वृत्य अरविन्दले २४ रन जाेडे । 

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले तीन, करण केसी र सोमपाल कार्मीले दुई/दुई तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।  

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो । विश्व क्रिकेट लिग–२ मा ११ खेलमा १० अङ्कसहित नेपाल छैटाैँ स्थानमा छ । यूएई दोस्रो र पीएनजी पुछारमा रहेको छ । तर लिगमा नेपालले सबैभन्दा कम खेल खेलेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Gopal

    March 21, 2022, 6:19 p.m.

    घर तिर पठाइदिय हुन्छ यिनी हरु ले जित्ने आस हरायो

  •  0 Reply

तपाईको प्रतिक्रिया