फेरि कालाेपत्र गर्ने भन्दै ठेकेदार कम्पनीले सामान झारेपछि चापागाउँ–सुनाकोठी सडक खुल्याे

 चैत ११, २०७८ शुक्रबार २०:३९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको चापागाउँ–सुनाकोठी सडक फेरि कालाेपत्र गर्ने भन्दै ठेकेदार कम्पनीले काम थालेपछि सडक आज शुक्रवारदेखि खुलेकाे छ । गएकाे मङ्गलवारदेखि बन्द सडक आजदेखि खुलेको हाे ।  

सडक फेरि कालोपत्र गर्ने भन्दै ठेकेदारले ग्राबेल अर्थात् बेस झारेर काम गर्न थालेपछि सडक खुला गरेको स्थानीयवासी तथा सडक मर्मत अभियन्ता एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य विनोद खड्काले बताउनुभयो । 

खड्काका अनुसार यसअघि पनि सडक मर्मतका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने लगायत ठेकेदारसँग छलफल गर्ने काम भए पनि कालोपत्रको काम सुरु नभएपछि बाध्यात्मक कदमका रूपमा बाटो बन्द गर्नुपरेको बताउनु भयो । 

‘अब भने सायद यस्तो कठोर कदम चाल्नु नपर्ला’, खड्का भन्नुहुन्छ, ‘अहिले डोजरले बाटो सम्याउने तथा बेस पनि हाल्ने काम भएको छ । चाँडै नै पिचको काम सुरु हुन्छ ।’ 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया