नेपालले पीएनजीलाई दियाे एक सय ८४ रनकाे लक्ष्य

 चैत १४, २०७८ सोमबार १४:८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – त्रिदेशीय टी-२० शृङ्खलाकाे पहिलाे खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ८४ रनकाे लक्ष्य दिएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ८३ रन बनायाे । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै राेहित पाैडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जाेडे । बलिङतर्फ पीएनजीका एली नाओ, चाद साेपर र चार्ल्स अमिनीले २/२ विकेट लिए । 

 नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी–२० शृङ्खला आजदेखि सुरु भएकाे हाे । नेपालले दोस्रो खेलमा पर्सि बुधवार मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया