अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै - राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत वाग्मती प्रदेशका विभिन्न ठाउँका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ ।
कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेबापत सम्मान गरिएको हो । वाग्मती प्रदेशको कृषि विकास निर्देशनालय तथा पशुपक्षी विकास निर्देशनालयको सोमबार आयोजित चौमासिक प्रगति समीक्षा गोष्ठीमा सम्मान गरिएको हो ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपक्षी फार्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै द्वितीय हुने दिदीबहिनी कृषि फार्म भक्तपुरकी गीता रिजाललाई नगद ४५ हजार, तृतीय हुने थाहा पौरखी कृषि प्रालि वरीवललाई नगद ४० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरी चौथो हुने कामना फलफूल बहुउद्देश्यीय नर्सरी फार्म रामेछापलाई नगद ३५ हजार रुपैयाँ तथा पाँचौँ हुने न्यू महाङ्काल कृषि फार्म काभ्रेलाई नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो ।
पुरस्कारका लागि प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रमार्फत प्रत्येक जिल्लाबाट तीन जनाका दरले ३७ जना कृषकको प्रस्ताव कृषि तथा पशुपक्षी विकास निर्देशनालयले सङ्कलन गरेको र त्यसबाट उत्कृष्ट हुनेलाई वाग्मती प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयले छनोट गरी पुरस्कृत गरिएको गोष्ठीमा जनाइएको छ । याे पुरस्कार कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदान गर्नुभएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।