अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – वसन्तपुरमा रहेकेा ऐतिहासिक गद्दी बैठक आज मङ्गलवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । आज एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गर्नुभएको हो ।
२०७२ वैशाखको भूकम्पले क्षति पुर्याएकाे गद्दी बैठकलाई अमेरिकाको 'एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन' अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो । योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीन वटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि आजदेखि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।
लामो समयपछि खुला भएको याे ऐतिहासिक गद्दी बैठक अवलोकनका लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नुपर्दैन । यसअघि प्रवेश दरबार परिसरमा प्रवेश गर्दा तिर्दै आएको शुल्कले नै बैठकको पनि अवलोकन गर्न सकिने प्रमुख खनालले जानकारी दिनुभयो ।
भूकम्पपछि गद्दी बैठकको जीर्णोद्धार सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ । याे कक्षमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारसमेत प्रदर्शनमा राखिएको छ ।
त्यसैगरी हनुमान दरबारमा रहेका केही चोकलगायत दरबारसँग सम्बन्धित एक सय वर्षअघिका फोटो र पुराना गरगहनासमेत यहाँ देख्न पाइने छ ।
ऐतिहासिक महत्त्व
गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरकाे पालमा विसं १९६५ मा युरोपेली वास्तु शैलीमा निर्माण भएकाे हो । तत्कालीन समयमा याे बैठक कक्षमा विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिन र राज्यको महत्त्वपूर्ण बैठकका लागि प्रयोग गरिन्थ्यो ।
बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरूको तस्बिर राखिएको छ । त्यस्तै ढोकाबाट प्रवेश गर्नेबित्तिकै एउटा काठबाट बनेको कलात्मक द्वार रहेको छ । गद्दी बैठकको प्रयोग पछिल्लो समय कम भएको भए पनि अहिले यसको प्रयोग राष्ट्र प्रमुख एवम् अन्य विशिष्ट पाहुना जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने समयमा हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।