हरिसिद्धिको त्रिशक्ति भवानी धुलिखेलमा

 चैत १९, २०७८ शनिबार १०:१०:५४ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

ललितपुर हरिसिद्धिको त्रिशक्ति भवानीको १२ वर्षको सिद्धि पर्वको क्रममा देवी नाच धुलिखेलमा प्रदर्शन गरिएको छ ।  हरिसिद्धिको त्रिशक्ति भवानीको १२ वर्षको जात्राको अवसरमा देवी नाच स्थानीय क्षेत्रमा मात्र नभएर काठमाण्डौ, ललितपुर, पनौती, दोलखा लगायत नेपालमण्डलको विभिन्न ठाँउमा प्रदर्शन गर्ने परम्परा छ।

यहि परम्परालाई निरन्तरता दिँदै हिजो त्रिशक्ति भवानी सहित देवगणलाई धुलिखेल लगिएको हो भने हिजो बेलुकीदेखि नै त्यहाँ नाच प्रदर्शन गरिएको छ। भोलि आइतबारसम्म धुुलिखेलमा देवीनाच देखाएर त्रिशक्ति भवानी सहित देवगणलाई दोलखा प्रस्थान गरिनेछ।

दोलखामा आउँदो बिहीबारसम्म नाच देखाइनेछ। शक्ति सञ्चय र पुनःस्थापनाको रुपमा लिइने १२ वर्षको सिद्धि पर्व हरिसिद्धिमा गएको गाइजात्रादेखि सञ्चालन भइरहेको छ। २९ जना देवदेवी सम्मिलित हरिसिद्धिको त्रिशक्ति भवानीको तान्त्रिक नाचलाई नेपालको सबैभन्दा पुरानो एवं पहिलो देवीनाचको रुपमा बंशावलीमा उल्लेख गरिएको छ। 

(तस्बिर : जितेन्द्र महर्जन, रसिक जल्मि)

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया