उपचारका क्रममा बिरामीकाे ज्यान गएपछि कैलालीकाे अत्तरियामा तनाव

 चैत १९, २०७८ शनिबार १०:४३:४४ | रासस
unn.prixa.net

फाइल तस्बिर

कैलाली – कैलालीको गोदावरी नगरपालिका, अत्तरियामा रहेकाे पद्मा अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ ।

अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुपर्यो, स्थिति प्रहरीको नियन्त्रणमै छ ।” तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ ।

सो अस्पतालमा गएराति उपचारार्थ भर्ना हुनुभएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान ज्यान गएपछि बिरामीका आफन्त आक्रोशित भएको जनाइएको छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया