कुकुरले शव ल्याएको विषयमा अनुसन्धान गर्न अस्पतालको अनुरोध

 चैत १९, २०७८ शनिबार १८:४४:१८ | रासस
unn.prixa.net

सुर्खेत – प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ । कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज शनिवार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापर्बाही नभएको प्रष्टीकरण दिएको हो । अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरु गरेको जानकारी दिनुभयो । डा केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सीसीटीभी फुटेज हेर्दा अस्पतालको उत्तरतर्फको झाडी भएको क्षेत्रबाट बिहान साढे ७ बजेतिर कुकुरले मृत शिशु च्यापी अस्पतालमा प्रवेश गरेको देखिन्छ ।’

नवजात शिशुको रेकर्ड हेर्दा विगत एक हप्तादेखि दुई जनाको मात्र मृत्यु भएको र ती शव आ–आफ्नो संस्कारअनुसार अन्त्येष्टि गर्न अभिभावकलाई जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

आज बिहान अस्पताल भर्ना भएका एक बिरामीका कुरुवाले तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नासाथ अस्पतालको लापर्बाही भन्दै टिप्पणी भएको थियो । कुकुरले टाउको नभएको शिशुको शव च्यापेर हिँडिरहेको देखेपछि अस्पतालका सुरक्षा गार्डले कुकुरबाट त्यो शव खोसेका थिए । प्रसूति वार्डबाटै कुकुरले शिशु लिएको अपवाह फैलाइएको भन्दै अस्पताल प्रशासनले आपत्ति जनाएको छ । 

 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया