बार अध्यक्षमा घिमिरेको अग्रता कायमै

 चैत २३, २०७८ बुधबार १३:३०:२६ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल बार एसोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको चुनावकाे मतगणनामा वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ ।

घिमिरेले अहिलेसम्म गणना भएकामध्ये नाै सय पाँच मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले चार सय ४७ मत प्राप्त गर्नुभएको छ ।

नेपाल बार एसोसिएशन २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार अहिलेसम्म १३ केन्द्रको मतगणना सम्पन्न भएको छ । तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिरहा, बारा, सुर्खेतको मतगणना सम्पन्न भएको हो । 

अहिलेसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गर्नुभएको समूहको अग्रता रहेको छ । महासचिवमा अहिलेसम्म अन्जिता खनालले आठ सय १३ र केदारप्रसाद कोइरालाले पाँच सय ३१ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा भरतबहादुर राउतले आठ सय ७० र जगतबहादुर कार्कीले चार सय ८६ मत प्राप्त गर्नुभएको छ ।

हिजाे मङ्गलवार बिहानदेखि मतगणना सुरु भएको थियो भने बेलुका स्थगित गरेर आज बुधवार बिहान ९ बजेदेखि फेरि मतगणना सुरु गरिएको हो । बारको यही चैत १९ गते काठमाण्डाै केन्द्रसहित देशभर ३५ ठाउँमा मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको चुनावमा नौ हजार सात सय आठ मतदाताले मतदान गरेका थिए । त्यसमध्ये काठमाण्डाै उपत्यकामा पाँच हजार सात सय र उपत्यकाबाहिर तीन हजार पाँच सय मतदाता रहेका थिए । चुनावमा सात हजार चार सय २९ मत मात्र खसेको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया