आईपीएल क्रिकेटमा लखनउलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

 चैत २८, २०७८ सोमबार ७:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई तीन रनले हराएको छ। गएराति मुम्बईमा भएको खेलमा लखनउलाई हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । लखनउका क्विन्टन डी ककले ३९ रन, मार्कुस स्टोनिसले ३८, दीपक होडाले २५, क्रुनाल पाण्डेयले २२ र दुश्मन्था चामिराले १३ रन जोडे ।

राजस्थानका युजभेन्द्र चाहलले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले दुई तथा प्रसिद्ध कृष्ण र कुलदीप सेनले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । राजस्थानका लागि सिम्रन हिटमायरले ५९ रनको अर्धशतकीय पारी खेले भने देवदूत पडिकलले २९, रविचन्द्र आश्विनले २८ र जोस बट्लरले १३ रन बनाए।

लखनउका जासन होल्डर र कृष्णपा गोथामले दुई/दुई तथा अभेश खानले एक विकेट लिए । जितसँगै राजस्थान अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ४ खेलमा ६ अङ्क जोडेको छ । ५ खेलमा ६ अङ्क जोडेको लखनउ तालिकाको पाँचौँ स्थानमा छ ।

यस्तै, आईपीएलमा हिजै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४४ रनले हराएको थियो। मुम्बईमा दिल्लीले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कोलकाता तीन बल बाँकी छँदै एक सय ७१ रन बनाउँदा अलआउट भएको थियो। 

अन्तिम अपडेट: जेठ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया