अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) हरूमध्ये सबैभन्दा उपयुक्त देखिएका धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को यही वैशाख १८ गतेको बैठकले अतिरिक्त महानिरीक्षकहरूमध्ये सबैभन्दा उपयुक्त देखिएका सिंहलाई महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई महानिरीक्षक पदमा नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज साेमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको जानकारी दिनुभयो ।
बैठकले कोष तथा लेखा नियन्त्रण कार्यालय खोटाङका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग थप पाँच वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री कार्कीले बताउनुभयो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) (दोस्रो संशोधन) आदेश २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले लोक सेवा आयोगको सिफारिसअनुसार विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका तीन जना अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।