जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिविरुद्ध गठबन्धन बनेकाे हाे : अध्यक्ष केसी

 वैशाख २३, २०७९ शुक्रबार १७:४६:४५ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाण्डौ महानगरलाई महानगरजस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गर्नुभएको छ । 

पाँच दलीय गठबन्धनका तर्फबाट यहाँ आज शुक्रवार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिलाई परास्त गर्न महानगरमा गठबन्धन विजयी हुनुपर्ने बताउनुभयो । 

वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा विगतमा सबै आन्दोलन सफल भएको स्मरण गर्दै अध्यक्ष केसीले प्रतिगमनलाई परास्त गर्ने, गणतन्त्र जोगाउने पक्षमा गठबन्धन एकमत रहेको स्पष्ट गर्नुभयो । व्यवस्था जोगाउने सर्तमा पाँच दलकाबीचमा गठबन्धन भएको उल्लेख गर्दै उहाँले गलत प्रचार गर्ने प्रवृत्तिका विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले इमानदार भएर एक अर्कालाई सहयोग गरौँ । राष्ट्रिय जनमोर्चाले देशभर नै सहयोग गर्छ । गठबन्धनभन्दा प्रतिगमन बलियो छ । त्यसकारण संयुक्त प्रतिवाद गरौँ ।’ 

उहाँले राजनीति व्यवसाय नभएकाले इमानदार भएर जनताको सेवा गर्नुपर्ने र जनतामा पैदा भएको वितृष्णालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष केसीले बुद्धिमत्तापूर्ण तरिकाले जनपक्षीय उम्मेदवारलाई विजयी गराउन र प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले काठमाण्डौ उपत्यकालाई व्यवस्थित बनाउन मेट्रो रेल चलाउनुपर्ने, करको भार कम गर्नुपर्ने र फोहरमैलाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया