इच्छाराज तामाङलगायतकाे लगानी रहेकाे 'सिटीसी मल' लिलामी हुने

 वैशाख २६, २०७९ सोमबार १५:२५:३२ | रासस
unn.prixa.net

काठमाण्डाै – कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाण्डाैकाे सुन्धारामा रहेकाे ‘सीटिसी मल’ लिलामी हुने भएको छ । 

कोषले आज साेमवार एक सूचना प्रकाशित गरी एक सय ३२ वटा पसल तथा कबल रहेको याे मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागमा २०६४ असोज ९ मा दर्ता भएको सिभिल इस्टेट्रस प्रालिले कोषको ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेको पाइएको छ । 

काठमाण्डाै महानगरपालिका ११ सुन्धारामा रहेको ६ रोपनी जग्गामा निर्माण भएको ८२ हजार ९५ वर्गफिट बराबरको पसल कबल लिलामीका लागि सूचना प्रकाशित गरिएको हो । कोषले ३५ दिने सूचना प्रकाशित गरी इच्छुक बोलपत्रदातालाई आवेदन दिन आग्रह गरेको हो । 

कोषले कर्जा लिने ऋणीले म्यादभित्र कर्जा चुक्ता नगरि ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लङ्घन गरेको पाइएकाले लिलामीको सूचनामा स्पष्ट पारिएको छ । पसल तथा कबलको विस्तृत जानकारी कोषमा सम्पर्क राखी प्राप्त गर्ने सकिनेछ । 

बोलपत्रदाताले आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटीबापतको रकम नेपाल इन्भेस्टमेन्ट बैंक पुल्चोकमा रहेको कोषको चल्ती खातामा जम्मा गर्न आग्रह गरिएको छ । कोषको सञ्चालकमा तामाङसहित केशवलाल श्रेष्ठ र प्रवीण मुखिया हुनुहुन्छ । कोषको ऋण लिँदा व्यक्तिगत जमानीका रूपमा लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रवीणप्रसाद प्रधान र सुमननन्दन वैद्य हुनुहुन्छ । 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया