बैंकको निक्षेपमा झिनो सुधार, ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्याे

 वैशाख २६, २०७९ सोमबार २०:१६:१८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो हप्ताकाे तुलनामा चौथो हप्तामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन पाँच अर्ब रुपैयाँले मात्रै बढेको हो । 

नेपाल बैंकर्स सङ्घका अनुसार वैशाख चौथो हप्तामा वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा पाँच अर्ब बढेर ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो ।

वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो हप्ता केही सुधार देखिएको छ । वैशाख चौथो हप्ता निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । तेस्रो हप्ता ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा चौथो हप्तामा ४१ खर्ब ९७ अर्ब रुपैयाँ बराबर कर्जा लगानी भएको हो ।

गएकाे हप्ताकाे तुलनामा कर्जा लगानीमा चार अर्ब रुपैयाँले कमी आएको छ । बैंकहरूले गएकाे फागुन चौथो हप्ता ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन र ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । सङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूको सीडी रेसियो ९० दशमलव ८१ प्रतिशत पुगेको छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया