७ सय १५ वटा पालिकाको नतिजा : कांग्रेस ३ सय १४, एमाले १ सय ९३ र माओवादी १ सय २० वटामा विजयी

 जेठ ८, २०७९ आइतबार २०:२८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

कांग्रेस

दुई सय ६१ नगरपालिका र चार सय ५४ वटा गाउँपालिका गरी सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले तीन सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै कांग्रेसले दुई सय ९० वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । 

एमाले

दोस्रोमा रहेको नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी एक सय ९३ वटा पालिकाको प्रमुख र दुई सय आठ वटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ । 

माओवादी

तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले एक सय २० वटा पालिकाको प्रमुख तथा एक सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ । 

जसपा

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

एकीकृत समाजवादी

यस्तै नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ । 

लाेसपा

लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । 

राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चार वटै पालिकामा उपप्रमुख पद जितेको छ । 

जनमाेर्चा

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ । 

अन्य/स्वतन्त्र

- नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख पद जितेको छ । 

- जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ । 

- नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ । 

- विवेकशील साझाले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ । जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेकाे छ । 

- यस्तै स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये पालिका चुनाव २०७९ मा १३ वटा दलले पालिकाको प्रमुख र उपप्रमुख पद जितेर अस्तित्वमा आएका छन् । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • डम्बर देबकोटा

    May 22, 2022, 8:56 p.m.

    जस्ले जहाँ जिते पनि आ -आफ्नो ठाउका नागरिकको मर्म बुझेर राम्रो तरिकाले काम गरिदिनु होला, नेपाल लाई एसियाकै नमुना देश बनेको देख्न पाउं / सबै नेताज्यूहरुलाई बधाइ सङगै सफल कार्यकालको सुभकामना...

  •  0 Reply

तपाईको प्रतिक्रिया