जय ट्रफी एलिट कप क्रिकेट : पुलिसले मधेशलाई एक पारी र ३५ रनल...
पुस २५, २०८१ बिहिबार
स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोवास गर्ने झण्डै चार हजार ६ सय घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्शन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो, घर–घरमा रहेका ग्यासका सिलिन्डर लिने र इन्डक्शन चुल्हो दिने निर्णय गरेका छौँ । यसलाई आउँदाे गाउँ सभाबाट पारित गरेर लागू गर्ने उहाँले बताउनुभयो ।
कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै उहाँले विद्युतकाे प्रयोगमा जोड दिइएको बताउनुभयो । यसअघि वडा नं ५ को दलित समुदायमा इन्डक्शन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो । त्याे कार्यक्रम प्रभावकारी भएसँगै यस पटक पूरै गाउँपालिकाभरि नै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारिएको हो । गाउँपालिकाले विद्युतकाे पहुँच सबै घरधुरीमा पुर्याउन न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ । यसअघि पनि गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।