बाग्लुङको काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – गएकाे आइतवार मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा दुर्घटनामा भएकाे तारा एअरको जहाजमा ज्यान गुमाएकाकाे शव परीक्षण गर्न सुरु गरिएको छ ।
ज्यान गुमाउने २२ जनाकै शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्ने काम भइरहेको अस्पतालले जनाएको छ । तारा एअरको ९ एनएइटी कलसाइन भएको ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव परीक्षण गरिँदैछ ।
अस्पतालका अनुसार अहिलेसम्म १० वटा शव परीक्षण गरिसकिएको छ । शव परीक्षण सकिएपछि एकै पटक मृतकका आफन्तलाई हस्तान्तरण गरिने अस्पताल व्यवस्थापनले जनाएको छ ।
आइतवार पोखराबाट उडेको ट्विनअटर विमान सोमवार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेकाे मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । विमानमा चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक र दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।