बाग्लुङको काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवम् अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट एक सय रुपैयाँका दरले लेवी उठाउने भएको छ ।
माओवादीका देशभर आठ लाख पार्टी सदस्य छन् । त्यसबाट आठ करोड रुपैयाँ बराबरको रकम सङ्कलन हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज आइतवार बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एक पटकका लागि त्याे परिमाणमा रकम सङ्कलन गर्ने निर्णय गरेको हो ।
बैठकमा देशकाे समसामयिक राजनीतिक विषयका साथै भर्खरै सम्पन्न पालिका चुनाव, पार्टीका अन्य कामलगायत विषयमा छलफल भएको थियो । माओवादी नेता हरिबोल गजुरलेका अनुसार समसामयिक राजनीतिक विषयका साथै पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) भित्र देखिएको केही असन्तुष्टिका बारेमासमेत छलफल भएको थियो ।
गएकाे पुसमा माओवादीले आठौँ महाधिवेशन सम्पन्न गरेको भए पनि अहिलेसम्म पदाधिकारी चयन हुन सकेका छैनन् । त्यसबारेमा पनि बैठकमा चर्चा भएको बताइएको छ । पदाधिकारी छिट्टै टुङ्गोमा पुर्याएर पार्टीको सङ्गठन विस्तार तथा सङ्घीय र प्रदेश सभाको चुनावमा केन्द्रित हुने माओवादीले स्पष्ट पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।