अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
चितवन - चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ वाग्मती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको हो ।
६ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहका सदस्य राजु तामाङले नयाँ प्रजातिको चराको तस्बिर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि थप अध्ययनका लागि चराविज्ञ डा. हेमसागर बरालसहितको समूह चितवन पुगेको थियो ।
विज्ञहरूले यो चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा नेपाल आएको हुनसक्ने अनुमान छ । यो चरा लजालु स्वभावको छ । यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८ सय ९१ पुगेको छ । चितवनमा मात्रै ६ सय ५० प्रजातिका चरा रहेको पाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।