पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा युवककाे ज्यान गयाे

 असार ३, २०७९ शुक्रबार १५:११:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

पाँचथर – पाँचथरकाे हिलिहाङ गाउँपालिका ७ अन्तर्गत मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक हिलिहाङ ४ का ३६ वर्षीय रमेश योङया रहेका पाँचथर प्रहरीले बताएको छ । योङयालाई शुक्रवार (आज) बिहान साढे ८ बजे लोकमार्ग अन्तर्गत एक्चेप्पा भिरमा अड्किएको अवस्थामा प्रहरीले भेटेको थियो । 

प्रहरीले उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याउनासाथ डाक्टरले योङयालाई मृत घोषणा गरेको प्रहरी कार्यालय पाँचथरले जनाएको छ । योङया हिजो बिहीवार बेलुका ५ बजे मोटरसाइकलमा घरबाट सदरमुकाम फिदिम हिँड्नुभएको बताइएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया