पहिराे हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

 असार ४, २०७९ शनिबार ७:४८:३४ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – पहिराे खसेर बन्द भएकाे पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–४ काे घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी नै बन्द भएकाे थियो । 

पहिरो हटाएर आज शनिवार बिहान साढे २ बजेदेखि राजमार्ग दुईतर्फीरूपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सङ्घीय राजधानी काठमाण्डाै जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक बन्द हुँदै आएको छ । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया