मकवानपुरको सिस्नेरी सडक खण्ड ५ दिनपछि खुल्यो

 असार ५, २०७९ आइतबार १६:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – पहिरोका कारण बन्द भएको मकवानपुरको सिस्नेरी सडक खण्ड आज आइतवार दिउँसाेदेखि खुलेको छ । 

इन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा गएको मङ्गलवार पहिरो खसेको थियो । पाँच दिनदेखि बन्द रहेको हेटौँडा–भीमफेदी हुँदै काठमाण्डाै जोड्ने छोटो मार्गमा पर्ने सिस्नेरी खण्डमा आजदेखि गाडी चल्न थालेका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । 

वर्षायाममा याे सडक खण्डमा जोखिम भने कायमै छ । पानी पर्दा पहिरो खस्ने गरेकाले हेटौँडा–भीमफेदी सडक बेला–बेला बन्द हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया