मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

 असार ५, २०७९ आइतबार १९:२९:३३ | रासस
unn.prixa.net

काठमाण्डौ – मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गएको जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई/तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । 

पौडेलकाअनुसार अहिले प्रदेश नं १, मधेस प्रदेश, बाग्मती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । 

‘देशभरी मनसुनको प्रभाव छैन’, पौडेलले भन्नुभयो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष समयभन्दा एक हप्ता आगाडि अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ । नेपालमा साधारणतयाः जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ । यस समयमा नेपालमा वार्षिक वर्षभरिको ८० प्रतिशत पानी पर्छ । 

आज राति प्रदेश नं १, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन÷चट्याङसहित पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

भोलि सोमवार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं, मधेश, बाग्मती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन÷चट्याङसहित पनी पर्ने सम्भावना छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया