कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
बाँके - कृषिमा आकाशे पानीको भर पर्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै पूरा गरिएको छ । वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो खन्नका लागि श्रमदान गरेपछि सिक्टा सिँचाइको पानी पेडारीगाउँमा पुगेको हो । दुई दिन लगाएर करिब पाँच सय मिटर कुलो खनेपछि गाउँमा पानी ल्याउन सफल भएको उहाँले बताउनुभयो ।
'सिक्टा सिँचाइको नहरबाट गाउँसम्म पानी आउने कुलो बनेको थिएन, आकाशे पानी पर्खदा धानखेती सुक्न थालेपछि कुलो खन्न जुटेका हौँ',वडाध्यक्ष थारुले भन्नुभयो'कुलो खन्ने बजेट नभएका कारण श्रमदानबाटै कुलो खन्नका लागि अगुवाइ गरेँ र पेडारीवासीले साथ पनि दिए ।'
वर्षा नभएका कारण गाउँमा रोपाइँ हुनसकेको छैन भने भएको रोपाइँ पनि सुक्न थालेको छ । श्रमदानबाट निर्माण गरिएको कुलोबाट आएको पानीले पेडारी गाउँको उत्तर–पश्चिम क्षेत्रको करिब दुईसय बिघा जमिनमा सिँचाइ पुग्ने भएको छ ।
सिक्टा सिँचाइको पश्चिमी नहरअन्तर्गत बैजनाथसम्म पानी पुगे पनि सहायक नहर नबनेका कारण किसानको खेतबारीमा पानी पुर्याउन कठिन हुँदै आएको थियो। श्रमदानबाट कुलो खनेर गाउँमा पानी पुगेपछि पेडारी गाउँका किसानलाई खेतमा बाली लगाउन अब आकाशको भर पर्न नपरेको स्थानीयवासी सुदीप लामिछानेले बताउनुभयो ।
बाँकेमा लामो समयसम्म पानी नपर्दा ६० प्रतिशत खेत अझै बाँझै छन् । पानी पर्ने आशमा जेनतेन रोपाइँ गरेका किसान पनि लामो समयसम्म पानी नपर्दा समस्यामा परेको बताउँछन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका प्रायजसाे ठाउँमा सिँचाइको अभावमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका कयौँ ठाउँको रोपाइँ हुन सकेको छैन भने अत्यधिक गर्मी र पानी अभावका कारण लगाएको बाली पनि सुक्न थालेको छ । असारको दोस्रो हप्ता पहिलो पटक परेको पानी र सिँचाइ सुविधा पुगेका केही ठाउँमा धान रोपाइँ गरे पनि आकाशे पानीको भर पर्ने किसानको खेत बाँझै रहेको उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।