बासस्थानको व्यवस्थापनले बढ्याे बाघकाे संख्या

 असोज ८, २०७५ सोमबार १८:४५:१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालको कान्छो निकुञ्जको रुपमा रहेको बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा वृद्धि भएको छ ।

बाघको संरक्षणका लागि ८ वर्षअघि निकुञ्जको स्थापना गरिएको हो । पाँच वर्षअघिको गणनामा ४ वटा मात्रै बाघ रहेकोमा वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय संरक्षण दिवसको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५ गुणाले वृद्धि भएको पाइएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले निकुञ्जमा छोटो समयमै बाघको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुनु संरक्षणकर्मीका लागि खुशीको कुरा भएको बताउनुभयो ।

बाघको संरक्षणका लागि ध्यान दिइएका कारण सङ्ख्या उल्लेख्य मात्रामा बढेको पुनको भनाई छ । २०६७ सालमा निकुञ्जको स्थापना गर्दा बाघ भएको संकेत भए पनि बाघ नै भएको एकीन थिएन ।

तर आठ वर्षभित्र नै २१ वटा बाघ भेटिनु ठूलो सफलता भएको उहाँको भनाई छ । बाघको सङ्ख्या वृद्धिसँगै आहाराजन्य प्राणीको पनि सङ्ख्यामा वृद्धि भएको छ । यसैगरी चोरी शिकार नियन्त्रण र बासस्थानमा गरिएको सुधार नै बाघ वृद्धिको कारण भएको प्रमुख संरक्षण अधिकृत पुनले बताउनुभयो ।

बास स्थानमा सुधार गरिएका कारण बर्दिया राष्ट्रिय निकुञ्ज भएर बाघहरु बाँके निकुञ्जमा प्रवेश गरेका हुन् । बाघको बर्सेनि अनुगमन समेत हुने गरेको छ ।

निकुञ्जमा क्यामरा ट्रयाप गरी बाघ तथा बाघको आहारा जन्य प्राणीको सङ्ख्या समेत गणना गर्ने गरिन्छ ।

पाटेबाघको संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा बाघको चोरी शिकारी नियन्त्रणका लागि  समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जाल समेत गठन गरिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका बाँके, सल्यान र दाङका युवाहरुले समेत सञ्जालमार्फत बाघ संरक्षणका लागि महतवपूर्ण भूमिका निभाएको अध्यक्ष कृष्ण चौधरीले दाबी गर्नुभयो ।

सन् २०१३ को गणनामा देशभर  १ सय ९८ वटा बाघ रहेकोमा ५ वर्षमा बढेर २ सय ३५ पुगेको हो । बाँके राष्ट्रिय निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया