कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताउनुभएको छ । व्यास नगरपालिका १४ कुलुङ्गमा आज मङ्गलवार कार्यकर्तासँग भेटघाट गर्दै उहाँले आउँदा दिनमा काम गरेर देखाउने उल्लेख गर्नुभयो ।
‘म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु’, नेता पौडेलले भन्नुभयो । व्यास नगरपालिका १२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको उहाँले बताउनुभयो । कुलुङ्ग, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयो ।
पर्यटकीय प्रवर्द्धनका लागि जिल्लाका ऐतिहासिक एवम् धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धनमा जोड दिन आवश्यक रहेको उहाँले बताउनुभयो । विगतमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिइने नेता पौडेलले उल्लेख गर्नुभयो । उहाँका साथमा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक पनि रहनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।