कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६ दशमलव ६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै त्याे वर्ष सात अर्ब ४४ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अघिल्लो वर्ष प्राधिकरणले विमानस्थल शुल्कबापतको ल्यान्डिङ पार्किङ, नेभिगेशन, भाडा आदिबाट आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्राधिकरणले गएकाे वर्ष ६ अर्ब ६८ करोड २९ लाख रुपैयाँ आम्दानी प्रक्षेपण गरेकाेमा सात अर्ब ४४ करोड ७१ लाख रुपैयाँ आम्दानी भएको छ ।
प्राधिकरणले अघिल्लो आर्थिक वर्ष जम्मा ४३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन गरेकाेमा २१ अर्ब ३२ करोड एक लाख रुपैयाँ खर्च भएको जनाएको छ । यसमध्ये वित्तीय व्यवस्थापनमा सात अर्ब ५३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएकोमा चार अर्ब ६९ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । कार्यालय सञ्चालनतर्फ चार अर्ब १० करोड ८१ लाख विनियोजन भएकोमा तीन अर्ब २६ करोड २७ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणले समग्रमा गएको आवमा ४८ दशमलव ८१ प्रतिशत वित्तीय प्रगति गरेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको आव २०७९/८० को बजेट तथा कार्यक्रममा विमानस्थल पूर्वाधार विकास, विमानस्थल सञ्चालन, प्राधिकरणको संस्थागत सुधार, उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, मानव संशाधन विकास र गैरउडान आय वृद्धिलाई प्राथमिकता दिएको छ ।
प्राधिकरणले चालु आव २०७९/८० का लागि ४१ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अघिल्लो आव ४३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । पर्यटन पुनरुत्थानका लागि प्राधिकरणले चालु आवभित्र गरिने कामको सुरुवात गरिसकेको जनाएको छ । त्यसका लागि नीतिगत सुधार, पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन र उच्चतम प्रविधिको उपयोग गर्दै सेवालाई सुदृढीकरण बनाइनुका साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन व्यवस्थापन तथा सौन्दर्यकरणलगायत कार्य गरिने प्राधिकरणको बजेट तथा कार्यक्रममा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।