अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको डढेलो तीव्र गतिमा फैलिँदै
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले देशका विभिन्न ठाउँमा गएको बाढी–पहिरोले पुर्याएकाे क्षतिबारे जानकारी लिइ राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ ।
गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका २ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका २९ केराबारीमा गएको पहिरोले पुर्याएकाे सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिनुभएको हो ।
उहाँले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिइ आवश्यक व्यवस्थापनका लागि निर्देशन दिनुभएको हो । उहाँले विपद् व्यवस्थापनमा समस्या परेमा मन्त्रालयमा खबर गर्नसमेत निर्देशन दिनुभएको छ ।
गए राति म्याग्दीको मालिका गाउँपालिका २ मा माथिबाट झरेको पहिरोले घर पुर्दा सात जना बेपत्ता भएकामा दुई जनाको उद्धार गरिएको, दुई जनाको शव फेला परेको जनाइएको छ । अन्य व्यक्ति बेपत्ता छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले घाइतेको उद्धार र बेपत्ता भएकाको खोजी भइरहेको बताउनुभयो । यता नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत भरतपुर महानगर २९ केराबारीमा पहिरो खस्दा सडक बन्द भएको छ । लेदो बगिरहेकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको चितवनका प्रजिअ तामाङले बताउनुभयो ।
मुग्लिङ–नारायणगढ सडक खण्डकै २० किलो र २१ किलो भन्ने ठाउँमा पनि पहिरो गएको उहाँले बताउनुभयो । अहिले नारायणगढतर्फबाट जुगेडीमा गाडीहरू रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म लैजाने काम भइरहेको प्रजिअ तामाङले बताउनुभयो । सडकमा रहेको अवरोध तत्काल हटाउन सक्ने अवस्था नरहेकाले चालकलाई रुट परिवर्तन गर्न भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।