जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
काठमाण्डाै : कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले कोभिड–१९ को नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न सङ्क्रमितको 'जिन सिक्वेनसिङ' गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज शुक्रवार बसेको सीसीएमसीका पदाधिकारीको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गएका सबै व्यक्ति तथा आईसीयू र एचडीसीयूमा रहेका बिरामीमध्ये प्राविधिक रूपले सम्भव भएसम्म कोरोना भाइरसको 'जिन सिक्वेन्सिङ' गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
यस्तै बैठकले होम आइसाेलेशनमा रहेका व्यक्तिका बारेमा मन्त्रालयसहित प्रदेश र पालिकाबाट अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको सहसचिव शङ्कर नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा कोभिड–१९ सङ्क्रमणको पछिल्लो अवस्थाबारे समीक्षा गरिएको थियो । सङ्क्रमण दर बढ्दो क्रममा रहे पनि अस्पतालमा भर्ना दर न्यून रहेको तथा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको अध्ययन गर्दा अन्य गम्भीर प्रकारका रोगसमेत लागेको पाइएको बैठकमा जानकारी गराइएको थियो ।
बैठकले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अस्पतालमा शय्या सङ्ख्या, आईसीयू तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर कोभिड–१९ प्रति अझै सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको छ । सङ्क्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालन गर्न नागरिकमा अनुरोध पनि गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।