एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
रसुवा - गएराति रसुवामा रहेकाे बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो गइ गाडी आवागमन पूर्ण रूपमा बन्द हुँदा गाेसाइँकुण्ड जाँदै गरेका तीर्थयात्री समस्यामा परेका छन् ।
उत्तरगया गाउँपालिका–५ मा रहेकाे माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर पहिराे जाँदा गाेसाइँकुण्ड मेला भर्न जाने तीर्थयात्री मर्कामा परेका हुन् । पहिरोले बेसीतर्फकाबस्तीलाई प्रभावित पारेकाे छ भने अन्नबालीमा समेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
पहिराेबाट मानवीय क्षति भने नभएको जनाइएको छ । प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार सडक खुलाउने प्रयासको साथै क्षतिको विवरण लिने काम बिहानैदेखि सुरु भएको छ । पहिरोका कारण बेत्रावती, पहिरेबेसी, मैलुङ खण्डको नयाँ सडकमा समेत गाडी आवागमन पूर्ण रूपमा बन्द भएको बताइएको छ ।
जनैपूर्णिमाको अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्न जाने यात्रुलाई धुञ्चे पुर्याउन स्थानीयस्तरमा रहेका गाडी परिचालन गरिने प्रहरीले जनाएको छ । उत्तरी भेगमा रहेका पासाङल्हामु तथा टिमुरे यातायात समितिको बसले गोसाइँकुण्ड जाने यात्रुलाई यातायातको सुविधा दिने तर निजी गाडी भने प्रभावित हुने बताइएको छ ।
बनुवा घुम्ती सडकदेखि त्रिशूली नदीसम्म पुगेको पहिरोको दूरी करिब दुई किलोमिटर रहेकाे र जमिन तथा अन्नबाली ठूलो मात्रामा नोक्सान भएको लहरेपौवाका डा. सरोज श्रेष्ठले जानकारी दिनुभयो।
पहिरोका कारण नौबिसे क्षेत्रमा निजी आवाससमेत प्रभावित भएका डा श्रेष्ठले बताउनुभयो । सडकको नालीमा बग्ने पानी व्यवस्थित हुन नसक्दा पहिराेकाे समस्या उत्पन्न भएको र क्षतिको यथार्थ विवरण आउन बाँकी रहेकाे उहाँले बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।