कर्णाली करिडोरमा सडक खन्दा भिरबाट लडेर सैनिकको ज्यान गयाे

 साउन २७, २०७९ शुक्रबार ९:३५:३० | रासस
unn.prixa.net

हुम्ला - कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर ज्यान गएकाे छ ।

नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको ज्यान गएकाे हाे ।  कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा लामिछाने हिजाे चिप्लिएर लड्नुभएकाे थियाे । 

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछाने भिरबाट झन्डै एक सय मिटर तल खस्नुभएकाे हाे । भिरबाट लडेर अर्का एक जना घाइते भएका छन् ।

लामिछानेसँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको ज्यान गएको प्रजिअ परियारको भनाइ छ । लामिछानेको शव हेलिकप्टरमार्फत बिहीवार नै सुर्खेत लगिएको छ । टाउकोमा चोट लागेर घाइते भएका विष्टको नेपालगञ्जमा रहेकाे सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया