जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
म्याग्दी - म्याग्दीका तीन वटा पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि खुलेको छ ।
मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको पुलमा पर्खाल बगाएर जोखिम भएपछि आवतजावत बन्द गरिएको थियो ।
मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले पर्खाल निर्माण गरेर मर्मत गरेपछि सडक खुलेको जानकारी दिनुभयो । बेनी–दरबाङ सडक मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । सडक विभागका अनुसार वर्षाका कारण अझै पनि तीन वटा मुख्य सडक पूर्ण र १२ वटा आंशिक रुपमा बन्द छन् ।
कर्णाली राजमार्ग, साँफेबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी सडकका विभिन्न खण्ड बन्द छन् । बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवाको बनुवामा अवरुद्ध भएकोमा वैकल्पिक सडक खुलाएर साना गाडी जाने व्यवस्था मिलाइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।
कोसी राजमार्ग, पृथ्वी, त्रिभुवन राजमार्ग, डुम्रे–बेसीसहर–चामे सडक, कर्णाली राजमार्ग र पुष्पलाल मध्यपहाडी राजमार्गको विभिन्न खण्ड बाढी र पहिरोका कारण अवरुद्ध बनेकामा आंशिक रुपमा खुलाइएको सडक विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।