जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
तनहुँ – तनहुँको व्यास नगरपालिका–१४ मा रहेको छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ ।
छाब्दी बाराही विकास कोष तनहुँले अनिश्चितकालका लागि परेवा लैजान रोक लगाउने निर्णय गरेको हो । छाब्दी मन्दिरमा उडाउँदै आएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाइएको हो ।
परेवा मर्ने र फोहरमैला पनि बढ्दै गएकाले सरसफाइलाई मध्यनजर गर्दै परेवा लैजान रोक लगाइएको कोषका अध्यक्ष मानबहादुर थापाले जानकारी दिनुभयो । कोषले अर्को सूचना जारी नगर्दासम्म परेवा लैजान रोक लगाइएको पनि अध्यक्ष थापाले बताउनुभयो ।
मन्दिर सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर पूर्वदिशामा पर्दछ । भाकल गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन पूजाअर्चनाका लागि छाब्दी बाराही मन्दिरमा आउने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।