जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा रहेको गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर हिजो बाबु–छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् ।
विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा पाल्पाको निस्दी गाउँपालिका–५ घर भइ शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उहाँका नौ महिनाका छोराको ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते हुनुभएको छ । चित्रबहादुर र उहाँको छोराको उपचारका क्रममा पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । ब्याम्बोकी श्रीमती दिलमायाको यही अस्पतालमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।