नारायणगढ–मुग्लिन सडक ८ घण्टापछि खुल्याे

 भदौ १६, २०७९ बिहिबार १५:३७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिरोका कारण बन्द नारायणगढ–मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा  पहिरो खस्दा आज बिहीवार बिहानदेखि याे सडक दुईतर्फी नै बन्द भएको थियो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पहिराे पन्छाएसँगै रोकिएका गाडी अहिले गन्तव्यतर्फ लागेका छन् । पहिरो पन्छाउनका लागि दुई वटा लोडरसहित एस्काभेटर प्रयोग गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया