एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
माेरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा शुक्रवार आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उहाँले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान एमालेले लिएको दाबी गर्नुभयाे ।
अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहारमा लागू गर्ने, देशमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राख्नुभयो । उहाँले देशको विकास, सामाजिक जागरण र समानतामा क्रियाशील रहन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकाले राष्ट्र निर्माण र सङ्गठन विस्तारमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले आउँदाे चुनावमा पहिलो पटक मतदान गर्ने विद्यार्थीलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्नसमेत आग्रह गर्नुभयो । आउँदाे मङ्सिर ४ गते हुने चुनावबाट देशको निर्माण गर्ने पार्टीका सम्बन्धमा जनताले राष्ट्रिय फैसला दिने उहाँको भनाइ थियो ।
अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेललगायतले सङ्घीयताको सफल कार्यान्वयन गर्न र सुशासन कायम राख्न विद्यार्थीको ठूलो भूमिका हुने धारणा राख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।