एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
मोरङ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताउनुभएको छ । उहाँले देशमा एउटा असल व्यक्तिको खाँचो रहेकाले देश उसैलाई सुम्पिन चाहेको बताउनुभयो ।
नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको अवसरमा मोरङको सुन्दरहरैँचामा शुक्रवार इन्द्रपुर जेसिज आतिथ्य शाखाको रूपमा रहेको समारोहमा उहाँले नेपालको हित र विकासका लागि सबै नेपाली सचेत भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले नयाँ देश बनाउने मान्छे अरू कोही नभएर तपाईँहरू स्वयम् भएको उल्लेख गर्नुभयो । उहाँले देशलाई सामाजिक, आर्थिकरूपमा अघि बढाउन एकता र नेतृत्वको खाँचो भएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल नेपालीले बनाउने तथा चलाउने हो, अरूले होइन ।’
उहाँले हाम्रो देश प्रकृतिको सुन्दरतामा समेत धनी भएकाले विश्वको अग्लो सगरमाथाको शिखरदेखि तराईका होचा खेतीयोग्य जमिनको भूगोलसमेतले देशको पहिचान र सुन्दरता बोकेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कैलासबावु श्रेष्ठ
Sept. 2, 2022, 6:44 p.m.भने पछी बुढाले अहिलेसम्म गफ पाे दे काे रहेछ त आफु असल छु भनेर । हा हा हा