उदयपुरकाे गाईघाट बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु

 भदौ १९, २०७९ आइतबार १३:१८:५७ | रासस
unn.prixa.net

फाइल तस्बिर

उदयपुर – त्रियुगा नगरपालिका वडा नम्बर ११ र १२ को गाईघाट बजार क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको छ ।

सङ्घीय राजधानी काठमाण्डाै महानगरपालिकासहित देशका विभिन्न नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार्य सुरु भइरहँदा गाईघाट बजारमा पनि नक्सा पास विपरीत सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचनालाई नगरपालिकाका इन्जिनियरकाे प्रत्यक्ष उपस्थिति र नक्सा जाँच गरी हटाउने कार्य सुरु भएको हो । गाईघाटमा रहेकाे त्रियुगा बसपार्क क्षेत्रबाट गाईघाट डीएमगेट हुँदै त्रियुगा नमुना माविको पछाडिको सडक खण्डदेखि लोकतान्त्रिक चोकसम्मको सडक क्षेत्र र गाईघाट सेतो पुल हुँदै मदन भण्डारी मार्गअन्तर्गत पुरानो गाईघाटमा रहेकाे पीजी चोक तथा बरुवा बसपार्क क्षेत्रसम्मको झन्डै चार किलो मिटर चौडाइ र पाँच किलाेमिटर लम्बाइका बजार क्षेत्रका अवैध घर टहरा संरचना हटाउन दुइहप्ता अगाडि नै सूचना जारी गरिएको नगरपालिकाकी उपमेयर महेश्वरी राईले बताउनुभयो ।

सूचना जारी गरेर दिइएको समयावधि समाप्त भइसकेका कारण संरचना हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । लामो समयदेखि गाईघाट बजारको ट्राफिक चोकदेखि पुरानो गाईघाटका पीजी चोकसम्मको दाँयाबाँया सडक खण्ड अतिक्रमण गरेर बसेका तरकारी व्यापारी तथा फलफूल व्यापारीलाई हटाउने कार्य सम्पन्न भएको बताइएको छ । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया